aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘आइएमई पे’ले ल्यायो हवाई टिकट अफर, एक रुपैयाँमै दैनिक यात्रा गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
‘आइएमई पे’ले ल्यायो हवाई टिकट अफर, एक रुपैयाँमै दैनिक यात्रा गर्न सकिने

काठमाडौं । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको ‘आइएमई पे’ ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

यस अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नु पर्ने हुन्छ । र यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना विजेताले १ रुपैयाँ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनेछन् ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ मा हवाई टिकट अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यो अफर कात्तिक ३० गतेदेखि मंसीर ९ गते गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस