aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एघार वाणिज्य बैंकले गरे लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
एघार वाणिज्य बैंकले गरे लाभांश घोषणा

काठमाडौं । एघार वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । हालसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्भेष्मेन्ट, मेगा र प्रभु बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।

एघार वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले नौ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

गत आवको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले शेयरधनीलाई २० दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद शेयर गरी कुल १३ दशमलव छ प्रतिशत प्रस्ताव गरेको छ ।

यसैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद शेयर गरी शेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसिसी बैंकले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले छ  प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

कुमारी बैंकले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले नौ प्रतिशत र नेपाल यन्भेष्मेन्ट बैंकले ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै, मेगा बैंकले ४ प्रतिशत बोनस र ३.८३ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रभु बैंकले गत आवको मुनाफाबाट ६.५ प्रतिशत बोनस र १.५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस