aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनएमबि बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
एनएमबि बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडमौं । एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कुल कित्ता मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न र बाँकी रहेको २४ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो । कम्पनीले आगामी १० वर्षसम्मको लागि बार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा एनएमबि डिबेञ्चर १०.७५% २०८९/२०९० नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । सेबोनबाट स्वीकृती पाएपछि मात्र उक्त ऋणपत्र निष्कासन गर्नेछ  । 
 

प्रतिक्रिया दिनुहोस