
काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेडले भाद्र ५ गतेबाट सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको १० लाख कित्ता डिबेन्चरको अवधि थप गरेको छ ।
बैङ्कले प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित गरी १० दशमलव २५ ब्याजदरको एस.बि.एल. डिबेन्चर २०८३ को बिक्री खुल्ला गरेको थियो ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार जसमा १० लाख कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ऋणपूँजी रकम परिपत्रविधिबाट बिक्री खुल्ला गरेको हो ।
सर्व साधारणले दरखास्त दिन पाउने न्यूनतम ऋणपत्र २५ कित्ता रहेको छ भने बढिया सबै १० लाख कित्ता डिबेन्चरलाई दरखास्त दिन पाउने छन् । सो मध्य ५० हजार कित्ता शेयर सामूहिक लगनि कोषका लागि छुट्ट्याएको हो ।
बैकले ७ वर्ष अवधि राखेर सर्वसाधारण र परिपत्रविधिबाट प्रति डिबेन्चर एक हजार दरका २५ लाख कित्ता डिबेन्चर जारी गरेको हो । जुन कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरीको हो ।
भाद्र ५ गते बिक्री खुल्ला गरेका डिबेन्चरको ऋणपत्र निष्कासन आश्विन १६ गते बैंकिङ समय पश्चात बन्द हुने बैङ्कले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस