aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

७५ प्रतिशत छुटको लकर सुविधा सहित बानेश्वरमा सनराइज बैंकको शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
७५ प्रतिशत छुटको लकर सुविधा सहित बानेश्वरमा सनराइज बैंकको शाखा

काठमाडौं । सनराइज बैंकले आफ्नो नयाँ शाखा पुरानो बानेश्वरको पिपलबोटसँगै सञ्चालनमा ल्याएको छ । लकरमा ७५ प्रतिशतसम्मको छुटसहित १२१ औं शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष मोतिलाल दुगडले गरेका थिए । 

उक्त उदघाटन समारोहमा बैंकका सञ्चालक सारदा शर्मा र बच्छलाल टातेड,नयाँ बानेश्वर वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक राज शर्मा पौडेल र डेप्यूटी सिइओ आशा राणा अधिकारीको समेत उपस्थिति रहेको थियो  । 

बैंकको शाखामा नयाँ खाता खोल्नेलाई ७५ प्रतिशतसम्मको छुटमा लकर सुविधा उपलब्ध रहेको शाखा प्रमुख सन्जिव बरालले जानकारी गराए । यो टुछको अवधि यहि असोज मसान्तसम्म रहने पनि उनले जानकारी दिएका थिए । सोहि शाखामा अब  एटिएम सेवा पनि आजैबाट शुरु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस