aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिभिल सहकारीले लिएको बचतकर्ताको ७ अर्ब ३६ करोड रुपैयाँ कहा छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
सिभिल सहकारीले लिएको बचतकर्ताको ७ अर्ब ३६ करोड रुपैयाँ कहा छ ?

काठमाडौं । अहिले इच्छा राज तामाङले सिभिल सहकारीबाट अबैध (गैर कानुनी) रुपले ठगी गरी लगेको सम्पत्ती बचतकर्ताको ७ अर्ब ३६ करोड रुपैया क्यासको हिसाव देखाउन नसक्दा सहकारी झन समस्यामा पर्दै गएको छ ।  सिभिल सहकारीको हेड अफिस बिल्डिङ, सिभिल सहकारीका पैसाले कालु गुरुङसँग सुन्धारामा किनेको १२ रोपनी जग्गा र यसमा बनेका सिटिसी मल र सिभिल लक्जरी रेसिडेन्सको सबै शेयर, सिभिल बिजिनेस कम्प्लेक्स (सिभिल मल) मा रहेको सिभिल सहकारीको ५० प्रतिशत शेयर भनिएको छ ।  

 सिभिल सहकारीका जग्गामा करिब ११०० घर बनाएर बेचेर आएको करिब ११ अर्ब रुपैया, सिभिल क्यापिटल मार्केट मार्फत सिभिल सहकारीमा पैसा जम्मा गरी त्यहाबाट बेपत्ता पारेको ११ करोड ४७ लाख रुपैया, सिभिल सहकारीका जग्गा धितो राखी प्रभु बैंक, एन आई सि एसिया बैंक, राष्ट्रिय सहकारी बैंक, कर्मचारी सन्चय कोष तथा अन्य बैंकबाट करोडौ करोड रकम निकालेर बेपत्ता पारेको रकम बचतकर्ताले आरोप लगाएका छन् । 

 स्ट्याण्डर्ड चार्टेर्ड बैंक समेत धेरै बैंकमा आफ्ना, आफ्नी श्रीमती र दुई छोरीका नाममा खाता खोली राखेका करोडौ करोड रुपैया, स्ट्याण्डर्ड चार्टेर्ड बैंकमा इच्छाराज तमाङ, सिर्जना शाक्य (तामाङ) र प्रतिष्ठा तामाङका नाममा खाता खोलेर बेपत्ता बनाएको करिब ५१ लाख अमेरिकि डलर, सिभिल लक्जरी रेसिडेन्स बेचेर आएको अर्बौ रुपैया समेत रहेको भएपनि अझै पनि पीडितले आफ्नो रकम पाउन सकेका छैनन् । 

 अन्य ठगी काम गरेर आएको रकम तथा श्रीमती तथा दुई अविवाहित छोरीलाई अशबन्डा गरिदिएको रकम लुकाउन ४० जनाभन्दा बढी वकिल राखेर त्यो लुकाइएको रकम बचाउन लागि परेको पीडितहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस