aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि प्रस्ताव गरेको कुल १६ दशमलव ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस वर्ष बैंकले कर समेत उक्त नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर २५ गते ३६ औं वार्षिक साधारण सभा बोलाएको बैंकले सभा प्रयाजनका लागि मंसिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन । गत वर्षको तुलनामा यस वर्ष बैंकले बढी लाभांश वितरण गर्न लागेको हो ।

नगद लाभांशमा यो वर्ष जोड दिएको बैंकले गत वर्ष भने १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले वितरण गरेको लाभांशको इतिहासलाई हेर्दा आर्थिक वर्ष ०७३÷७४ को मुनाफाबाट हालसम्मकै उच्च १०५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सो समयमा बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम रू. ८ अर्ब पूँजी कायम गर्नका निम्ति १०० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस