aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लुम्बिनी विकास बैंकको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
लुम्बिनी विकास बैंकको लाभांश प्रस्ताव

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाइ लाभांश प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद गरी शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने ९ करोड ८५ लाख २८ हजार ७७५ रुपैयाँ बराबरको बोनस र ९ प्रतिशतका दरले हन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ बराबरको करसहतिको नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयधनीहरुले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस