aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एभरेष्ट बैंकले तोक्यो बुक क्लोजको मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
एभरेष्ट बैंकले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शेयर दाखिल खारेज बन्द (बुक क्लोज) को मिति तोकेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि मंरि १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार मंसिर १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश पाउनेछन् । बैंकको साधारणसभा मंसिर २६ गते हुनेछ । 

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।बैंकले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि शेयरधनीले पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस