aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कुमारी र एनसीसी बैंकको चुक्ता पूँजी २५ अर्बभन्दा बढी पुग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
कुमारी  र एनसीसी बैंकको चुक्ता पूँजी २५ अर्बभन्दा बढी पुग्ने

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) एकआपसमा मर्जरमा जाने प्रक्रियामा छन् । यी दुबै बैंकले एकआपसमा गाभ्ने ÷गाभिने (मर्जर) प्रयोजनका लागि गत असोज १० गते समझदारीपत्र मा हस्ताक्षर गरिसकेको छन् । 

मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन नियुक्त मूल््यांकनकर्ताले दुवै बैंकको सम्पत्ति दायित्व, कारोबारको मूल्यांकन गरि दिएको प्रतिवेदनको आधारमा मर्जर समितिले १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको छ ।

बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी रू. २५ अर्ब भन्दा बढी पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस