
काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुमा निक्षेप थपिएको छ । निर्वाचनको तहलपहल बढेसँगै बैकहरुमा निक्षेप थपिन थालेको हो । यस अवधिमा वाणिज्य बैंकहरुमा १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
गत असोज मसान्तसम्म बैंकहरुमा ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप कात्तिक मसान्तसम्म आइपुग्दा १६ अर्ब रुपैयाँले थपिएर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।
संघको तथ्यांक अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा पनि बढेको छ । असोज मसान्तसम्म बैंकहरुले ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कात्तिक मसान्तसम्म आइपुग्दा उक्त कर्जा प्रवाह २ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २२ अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस