aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा

बुटवल । नेपाल बैंक लिमिटेडले गुल्मीको शान्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको यो १६४ औं शाखा हो । नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारी र गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीलेले उक्त शाखाको संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

शाखा उदघाटन कार्यक्रममा बिभिन्न उद्योगी ब्यवसायीहरु, स्थानीय समाजसेवीहरु, बिभिन्न संघ/संस्थाका प्रमुखहरु साथै स्थानीय ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बैंक सञ्चालक समिति अध्यक्ष अधिकारीले ग्रामीण क्षेत्रका नागरिकमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यले शान्तिपुरमा शाखा स्थापना गरिएको बताए ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष खत्रीले बैंकले दिने सेवा छिटो छरितो, पारदर्शी र ग्राहकमैत्री हुनुपर्ने बताए । कार्यक्रमका बैंकका पाँच नम्बर प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पा, बरेङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर खनाल, चन्द्रकोट गाउपालिका उपाध्यक्ष राधिका अर्याल, चन्द्रकोट वडा नम्बर ६ का अध्यक्ष गोकर्णप्रसाद शर्मा, जिल्ला समन्वय समितिका सदस्य चेतन बस्नेत लगायतले देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक समेत बन्न आग्रह गर्दै शुभकामना दिए ।

बैंकका शान्तिपुर शाखा प्रवन्धक सूर्यराज गौतम र सहायक दिनेश नेपालले आधुनिक बैंकिङ प्रणाली अवलम्बन गर्दै ग्राहकहरुलाई सहज ढंगले सेवा प्रवाह गरिने बताए । बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आईरहेको भन्दै उनीहरुले यसबाट लाभ लिन पनि स्थानीयलाई आग्रह गरे ।

वि.संं १९९४ साल कार्तिक ३० गते लक्ष्मीपूजाका दिन नेपालको पहिलो बैंकका रुपमा नेपाल बैंक लिमिटेड स्थापना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस