
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको कात्तिक मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारी बैंकमा १८.३९ प्रतिशत तरलता रहेको छ ।
कात्तिक मसान्सम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ६३६ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ७३१ रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ८० करोड २५ लाख, कुल बचत ४० अर्ब ७० करोड ७९ लाख, ऋण लगानी ३५अर्ब १० करोड २२ लाख रुपैयाँ रहेको छ ।
हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम ७ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पँुजी ८६ करोड २१ लाख, विभिन्न कोषको जम्म्मा रकम ३५ करोड ३१ लाख र कुल सम्पत्ति ४८ अर्ब ६४ करोड १७ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस