
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ३७ पैसा र बिक्री दर १३० रूपैयाँ ९७ पैसा तथा युरो एकको खरिद दर १३३ रूपैयाँ ९२ पैसा र बिक्री दर १३४ रूपैयाँ ५३ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५४ रूपैयाँ ५४ पैसा र बिक्री दर १५५ रूपैयाँ २५ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३६ रुपैयाँ ४६ पैसा र बिक्री दर १३७ रुपैयाँ ८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ५५ पैसा र बिक्री दर ८६ रुपैयाँ ९५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस