aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिटिजन्स बैंकको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
सिटिजन्स बैंकको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको ५ हजार ९२१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले मंसिर ८ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू. १४५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिनुपर्नेछ ।

विद्यमान संस्थापकहरूले तोकिएको मितिभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस