
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो।
बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत करसहितको नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस