aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

दुई दिनमा वाणिज्य बैंकहरुबाट ५ अर्ब निक्षेप गायब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
दुई दिनमा वाणिज्य बैंकहरुबाट ५ अर्ब निक्षेप गायब

काठमाडौं । दुई दिनमा वाणिज्य बैंकहरुबाट ५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक महिनाको ३० गतेदेखि मंसिर दुईगतेसम्म बैंकहरुमा ५ अर्ब रुपैयाँ निक्षेप घटेको हो । 

बैंकर्स संघका अनुसार कात्तिक महिनाको ३० गतेसम्म बैंकहरुमा ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप मंसिर २ गतेसम्म आइपुग्दा ५ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ५८ अर्ब रुपैयाँमा सिमित भएको छ । 

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । कात्तिक मसान्तसम्म बैंकहरुले ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मंसिर २ गतेसम्म आइपुग्दा उक्त कर्जा प्रवाह ३ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा  सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।    
 

प्रतिक्रिया दिनुहोस