aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ  ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ  ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ तथा युरो एकको खरिद दर १३५ रूपैयाँ ५७ पैसा र बिक्री दर १३६ रूपैयाँ १९ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५५ पैसा र बिक्री दर १५८ रूपैयाँ २७ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३८ रुपैयाँ ४ पैसा र बिक्री दर १३८ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८८ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस