
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘एप्लाई लोन अप टु ५ लाख अगेन्ष्ट एफडि’ मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम रु. ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशतसम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस