aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नारायणी डेभलपमेन्ट बैंकको ६० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
नारायणी डेभलपमेन्ट बैंकको ६० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित कित्ता शेयर लिलामीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले खरीदको लागि आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस