
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ०२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी १६औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा गत वर्ष भन्दा यस वर्ष कम्पनीको लाभांश दर घटेको छ ।
प्रतिक्रिया दिनुहोस