
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवार दुबै कम्पनीको आधारभूत शेयरधनी वाहेकको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
प्रिमियर इन्स्योरेन्स कम्पनीसँगको मर्जर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार गत असार २८ गतेदेखि रोक्का रहेको थियो । त्यस्तै कुमारी बैंकसँगको मर्जरका कारण गत असोज ११ गतेदेखि रोकिएको एनसीसी बैंकको शेयर कारोबार समेत फुकुवा गर्ने निर्णय नेप्सेले गरेको छ ।
नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संंगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका , २०७९ लागू गरेसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कम्पनीहरूको रोक्का रहेको शेयर कारोबार फुकुवा गरिएको हो ।
मर्जर प्रकृया पुरा गरी एकिकृत कारोबारपछिको बढीमा १५ दिन कारोबार रोकिने गरी मर्जर तथा प्राप्ती प्रकृयामा रहेका कम्पनीहरूको शेयर कारोबार हाललाई फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस