aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पुरानो लाभांश लिन शेयरधनीलाई सिटिजन्स बैंककाे अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
पुरानो लाभांश लिन शेयरधनीलाई सिटिजन्स बैंककाे अनुरोध

काठमाडौं । सिटिजन्स  बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आव २०७३/७४ कोे नगद लाभांश लिन बाँकी शेयरधनीलाई लिन अनुरोध गरेको हो । 

साधारण सभाले पारित गरेको ५ वर्षसम्म पनि शेयरधनीले नगद लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने प्रावधान भएकाले लाभांश लिन बाँकी शेयरधनीले यो सूचना जारी गरेको मितिले ३५ दिन अर्थात पुस १७ गते सम्म शेयर रजिष्ट्रार सिबिआई एल क्यापिटल लिमिटेड बाटुलेघरमा सम्पर्क गरी लिन सक्नेछन् ।

सो समय अवधिमा पनि शेयरधनीले लाभांश लिन नआएमा  लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिएको छ । साथै हालसम्ममा पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीले शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराउनु पर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस