aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल एसबिआई बैंकले गर्याे लाभांश प्रस्ताव, बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
नेपाल एसबिआई बैंकले गर्याे लाभांश प्रस्ताव, बोनस कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यस वर्ष बैंकले नगद लाभांशमा जोड दिएको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हनेछ ।
 

प्रतिक्रिया दिनुहोस