aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात एभरेष्ट बैंक बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘इबिएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवाखरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस