aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

तीन पटक राष्ट्र बैंकको कारवाहीमा परेका यी दुई बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
तीन पटक राष्ट्र बैंकको कारवाहीमा परेका यी दुई बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने नौं वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गर्ने वाणिज्य बैंकहरुलाई कारवाही गरेको हो ।

राष्ट्र बैकका अनुसार चालु आवको पहिलो त्रैमासमा कारवाहीमा पर्ने बैंकहरुमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंकहरु रहेका छन् । 

राष्ट्र बैंकको कारवाहीमा सर्वाधिक पर्ने बैंकमा सनराइज र मेगा बैंक रहेका छन् । चालु आवको पहिलो त्रैमास यी बैंकहरुलाई राष्ट्र बैंकले ३ पटक कारवाही गरेको छ । त्यस्तै, बैंक अफ काठमाण्डू २ पटक कारवाहीमा परेको छ । 
त्यस्तै, राष्ट्र बैंकले प्रभु, बैंक अफ काठमाण्डू, कुमारी र प्राइम बैंकलाई राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु रोक्का नराख्दा कारवाही गरेको हो । 

त्यसैगरी, राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धि नियम उल्लंघन गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवानागरेको छ । भने बैंक अफ काठमाण्डूले विपन्न वर्गमा तोकिएको सीमामा कर्जा प्रवाह नगर्दा दोस्रो पटक कारवाीहमा परेको हो । बैंकले २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा हर्जाना तिरेको छ ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागले अधिकांशले बैंकहरुले नियम विपरित कर्जाको प्रिमियमदर बढाएको कारण कारवाही गरेको हो । नियम विपरित कर्जाको प्रिमियमदर बढाएर ब्याज असुल गर्ने हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकलाई राष्ट्र बैंकले कारवाहीमा गरेको
छ । 

यी बैंकहरुलाई राष्ट्र बैंकले प्रिमियम फिर्ता गराउन निर्देशन सहित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर सचेत समेत गराएको छ । मेगा र सनराइज बैंकलाई भने  भने आधारदर भन्दा कम ब्यादरमा कर्जा प्रवाह गरेको हुँदा राष्ट्र बैंकको कारावाहीमा परेका हुन् । राष्ट्र बैंकले मेगा बैंकका सीइओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराएको थियो । 
 

प्रतिक्रिया दिनुहोस