aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ताप्लेजुङमा माछापुच्छ्रे  बैंकको शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
ताप्लेजुङमा माछापुच्छ्रे  बैंकको शाखा

ताप्लेजुङ ।  माछापुच्छ्रे  बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको १२२औँ शाखा कार्यालयको आज एक कार्यक्रमबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

उक्त शाखाले असारदेखि नै कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । माछापुच्छ्रे बैंकले मुलुकभर १३६ शाखाबाट बैंकिङ सेवा दिँदै आएको ताप्लेजुङ शाखाका प्रबन्धक उमेश बाँस्कोटाले जानकारी दिए ।  बैंकले १५७ ठाउँमा एटीएम सेवा सञ्चालन गरेको छ भने १२३ ठाउँमा शाखारहित बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रका सर्वसाधरणलाई लक्ष्य गरी शाखा विस्तार गरिएको माछापुच्छ्रे  बैंकका १ नम्बर प्रदेश प्रमुख अजय आचार्यले बताए । 

“भदौ १७ गतेसम्म खाता खोल्ने महिलालाई आकर्षक चुरा र पोते वितरण गर्ने योजना छ”, उनले भने । बैंकले हरितालिका तीजको अवसरमा उक्त योजना ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस