aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सानिमा इक्वीटीको शेयरमा १ अर्ब लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
सानिमा इक्वीटीको शेयरमा १ अर्ब लगानी

 काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले साउन महिनामा १ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छ । गत असार मासन्तमा  १ अर्ब १ करोड १३ लाख ६६ हजार रुपैया लगानी गरेको थियो । योजनाले सूचीकृत शेयर बैंक मुद्दति निक्षेप, डिवेन्चर तथा बोण्डलगायत सार्वजनिक निष्कासनका शेयरमा उक्त लगानी गरेको हो । योजनाले नेप्सेमा सूचिकृत शेयरमा मात्र  ८२ करोड ३२ लाख रुपैया लगानी गरेको छ । प्रतिइकाई मूल्य असार महीनाको तुलनामा साउनमा कम भएको छ । असार महीनामा  ११ दशमलव ०३ रुपैया रहेको प्रति इकाई खुद मूल्य साउनमा १० दशमलव ९२ रुपैया रहेको छ । 

असार महीनामा  ११ करोड ४० लाख १३ हजार रुपैया नाफा गरेको योजनाले साउनमा १ करोड ४३ लाख रुपैया नोक्सानमा रहेको छ । नाफामा रहेको योजना नगद लाभांशपछि नोक्सानमा पुगेको छ । योजनाले इकाईधनीहरुको लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

योजनाको साउन मसान्तमा प्राप्त भइसकेको आम्दानी  १४ लाख ४६ हजार रुपैया र  १ करोड ६२ लाख रुपैया पाउन बाँकी रकम छ । योाजनाको कुल सम्पत्ति १ अर्ब ४२ करोड रुपैया रहेको छ । योजनाको व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस