
काठमाडौं । थप दुई सहकारी संस्थाहरु कालोसूचीमा परेका छन् । चालु आर्थिक वर्षको मंसिरको १३ गतेसम्ममा कर्जा सूचना केन्द्रले दुई सहकारी संस्थालाई कालोसूचीमा राखेको हो । केन्द्रका अनुसार आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभ र लालुपाते बहुउद्देश्यीय सहकारी संस्था कालोसूचीमा परेका हुन् ।
आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा अनिल खड्का, कुम्भराज जोशी र सुनिल खड्का रहेका छन् । त्यस्तै, लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा दिपेन्द्र श्रेष्ठ, राम कुमार श्रेष्ठ र सन्तोष जोशी रहेका छन् ।
केन्द्रले आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई मंसिर २ गते र लालुपाते बहुउद्देश्यीय सहकारी संस्थालाई मंसिर ६ गते कालोसूचीमा राखेको हो ।
प्रतिक्रिया दिनुहोस