aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

समिट लघुवित्तले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
समिट लघुवित्तले लाभांश दिने

काठमाडौं । समिट लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आव २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुको लागि २२ दशमलव २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २१ दशमलव ०९५२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ११०३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् । कम्पनीको हाल चुक्तापूँजी २१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि पूँजी २५ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस