aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

महासंघमा बैंकर आएपनि बैंकलाई प्राथमिकतामा राखेका छैनौंः वरिष्ठ उपाध्यक्ष ढकाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
महासंघमा बैंकर आएपनि बैंकलाई प्राथमिकतामा राखेका छैनौंः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघको नेतृत्वमा बैंकका सञ्चालक पुगेको भएपनि बैंकर र उद्योगीलाई फरक नगरेको बताएका छन् ।  

ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भने, ‘महासंघमा बैंकर आएपनि बैंकलाई मात्र प्राथमिकतामा राखेका छैनौं ।’ 

मंगलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका पहिलो समिक्षाको विषयमा आफ्नो धारण राख्न महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ढकालले नेतृत्वमा बैंकर आए पनि महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको धारणा राखेका थिए । 

उनले आफू बैंक सञ्चालक हुदाभन्दा व्यवसायी भएर हुँदा फाइदा धेरै हुने र बैंकलाई तिर्ने ब्याज, प्रिमियम समेत बढी नै तिर्ने गरेको दावी गरे । 

प्रतिक्रिया दिनुहोस