काठमाडौं । बैंक वित्तीय संस्थाले १५ अर्ब ३१ करोड ५ लाख रुपैयाँ निक्षेप पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बोलकबोल मार्फत तरलता वित्तीय प्रणालीमा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा लगानी योग्य तरलताको अवस्था अभाव भइरहेको बेलामा राष्ट्र बैंक तरलता पठाउन लागेकोले वित्तीय संस्थालाई केहि राहत हुने भएको छ ।
राष्ट्र बैंकले बुधबार जारी गरेको सूचना अनुसार पुष १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म एक वर्षका लागि बोलकबोल मार्फत उपलब्ध गराइने सो निक्षेपको अवधि एक वर्ष हुने छ । उक्त बोलकबोलमा क वर्ग, ख वर्ग र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु अनलाइन बिडिङमा भाग लिन पाउने छन् ।
राष्ट्र बैंकले प्रवाह गर्ने तरलतामा क वर्गका १२ अर्ब २२ करोड ५३ लाख, ख वर्गका वित्तीय संस्थाले २ अर्ब २ करोड ९७ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाहरुले ७ करोड ६५ लाख रुपैयाँ पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस