aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शङ्कास्पद ३६ सहकारीलाई सम्पर्कमा आउन ३५ दिने अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
शङ्कास्पद ३६ सहकारीलाई सम्पर्कमा आउन ३५ दिने अल्टिमेटम

काठमाडौं । शङ्कास्पद ३६ सहकारीलाई सम्पर्कमा आउन ३५ दिने अल्टिमेटम जारी भएको छ । विराटनगर महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने ३६ वटा सहकारीलाई सम्पर्कमा आउन महानगरले भनेको हो ।  

विराटनगर क्षेत्राधिकार भित्र एक सय ९३ वटा सहकारी संस्थाहरू रहेका छन् । उक्त सङ्ख्यामा सहकारीहरू देखिए पनि हालसम्म पनि केही संस्थाहरू सम्पर्कमा नआएकोले सूचना जारी गरिएको महागरले जनाएको छ । 

‘केही संस्थाहरू यस कार्यालयको सम्पर्कमा नआएको, महानगरपालिकाले विगतका वर्षहरूमा गरेको अनुगमनमा पनि सहकारी संस्थाहरूको कार्यालय फायलमा उल्लेखित ठेगानामा नभेटिएको, पटक पटक कार्यालयले सम्पर्क र ताकेता गर्दा पनि संस्थाहरूले कुनै तत्परता नदेखाएको, केही संस्थाहरूसँग सम्पर्क समेत स्थापित गर्न नसकिएको र कानुनले दर्ता गर्ने अधिकारसमक्ष पेस गर्नु पर्ने भनी निर्दिष्ट गरेको कुनै पनि किसिमको विवरणहरू उल्लेख नगराएको अवस्था विद्यमान छ’, महानगरले जारी गरेको सूचनामा उल्लेख छ । 

शङ्कास्पद रहेका सहकारीहरूमा सक्रिय बचत तथा ऋण सहकारी, स्पर्श बचत तथा ऋण सहकारी, परिचय बचत तथा ऋण सहकारी, सगुन बचत तथा ऋण सहकारी, पुष्पाञ्जली बहुउद्देश्यीय सहकारी, विराट कोसेली घर सहकारी, एक्सचेन्ज बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, विराट उपभोक्ता सहकारी, हिमशिखर  बहुउद्देश्यीय सहकारी र सहयोगी सहकारी रहेका छन् । 

त्यस्तै, भिजन फर्मा सहकारी, क्यापिटल बचत तथा ऋण सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम् ओम साइ बचत तथा ऋण सहकारी, सबल बचत तथा ऋण सहकारी, युरो बहुउद्देश्यीय सहकारी, हाम्रो उपभोक्ता सहकारी, एभरेष्ट मल्टिपल कोअपरेटिभ सहकारी, ज्ञानपुञ्ज बचत तथा ऋण सहकारी, निलकमल बचत तथा ऋण सहकारी, यातायात बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, गजलक्ष्मी बचत तथा ऋण सहकारी, गरिमा बचत तथा ऋण सहकारी र बखरी बहुउद्देश्यीय सहकारीलाई पनि सम्पर्कमा आउन महानगरले भनेको छ । 

त्यसैगरि, ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी, नक्षत्र बचत तथा ऋण सहकारी, बहुमूल्य कृषि सहकारी, जुन तारा बचत तथा ऋण सहकारी, प्रभावकारी बचत तथा ऋण सहकारी, इच्छा बचत तथा ऋण सहकारी, नेशनल बचत तथा ऋण सहकारी, ऋद्धि सिद्धी बचत तथा ऋण सहकारी, बाटिका बचत तथा ऋण सहकारी र उपकार बचत तथा ऋण सहकारीलाई समेत सम्पर्कमा आउन भनिएको छ । तोकिएको ३५ दिनभित्र कार्यालयमा उपस्थित हुन नसकेमा यी सहकारीहरूलाई कानुन बमोजिम कारबाही गरिने समेत महानगरले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस