aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नबिल बैंकको सर्वाधिक कारोबार हुँदा दुई कम्पनीको शेयरमूल्यमा सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
नबिल बैंकको सर्वाधिक कारोबार हुँदा दुई कम्पनीको शेयरमूल्यमा सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ९ सय ६१ दशमलब ०६ विन्दुमा बन्द भएको छ ।          

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था र  स्वत्तगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९२.६० रुपैयाँ पुगेको छ भने स्वत्तगंगाको शेयरमूल्य ९.२१ अंकले बढेर प्रतिकित्ता २६४.३० रुपैयाँ पुगेको छ । 

आज सिटिजन्स मयुचुअल फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १४ करोड ४५ लाख भन्दा बढीको कारोबार भएको छ ।                              

प्रतिक्रिया दिनुहोस