aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एभरेष्ट बैंकद्वारा सर्लाहीमा १२३ औं शाखा उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
एभरेष्ट बैंकद्वारा सर्लाहीमा १२३ औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बिहिबार सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका छन् । 

उक्त उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोती लाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक  विभूती न्यौपाने साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगेको छ ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शिव शक्ति माध्यामिक विद्यालय, बटेश्वर गाउँपालिका वडा नं.४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि श्री आफन्त नेपाललाई ५० हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरेको छ । एक समारोहका बिच बैंकका तर्फबाट सिइइओ सुदेश खालिङ्गले आफन्त नेपालका प्रबन्ध निर्देशक जय प्रकाश मण्डललाई सो चेक हस्तान्तरण गरेका हुन्  । 
 

प्रतिक्रिया दिनुहोस