aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बैकिङ्ग कसुरमा फरार थापा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
बैकिङ्ग कसुरमा फरार थापा पक्राउ

काठमाडौं । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने ५५ वर्षीय प्रभात बिक्रम थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले १५ दिन कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गल्कोपाखाबाट पक्राउ गरेको हो ।

आर्थिक व्यवहार मिलाउने भनी ८ लाख ५० हजार रुपैयाँ ऋण लिएको र सो रकम भुक्तान गर्नका लागि पर्याप्त रकम  नभएको सिभिल बैंक शाखा कार्यालय पुतलीसडकको खाताबाट भुक्तानी हुने गरी चेक फिर्ता भएको बैकिङ्ग कसुर मुद्दामा उनलाई उच्च अदालतबाट उक्त सजाय भएको थियो । 

थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस