
काठमाडौं । बैंक नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पुर्ण बैंकिङ कारोवार नेपाल बैंक मार्फत हुने भएको छ ।
बुधबारका दिन नेपाल नागरिक उड्ययन प्राधिकरण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंककाा नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गरेका थिए ।
सो कार्यक्रममा बोल्दै बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्तले बैंकका तर्फबाट विमानस्थलमा हूने बैंकिङ सम्बन्धि कारोबारमा कूनै गूनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी नेपाल क्यानका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलका प्रमुख विक्रमराज गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्नेछ र आगामी दिनमा नेपाल बैंक र क्यानको सम्बन्ध थप प्रगाढ बन्दै जानेछ भन्ने विश्वास व्यक्त गरेका थिए ।
सो कार्यक्रममा नेपाल बैंक, गण्डकी प्रादेशिक कार्यालयका प्रमूख प्रतिमा श्रेष्ठ, नेपाल बैंक लिमिटेड मार्केटिङ एण्ड रिसर्च डिभिजन प्रमूख अर्जून बहादूर कंडेँल,नेपाल बैंक लिमिटेड पृथ्वीचोक शाखाका शाखा प्रबन्धक चतुर्भुज अर्याल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कर्पोरेट शाखा प्रमुख तथा उपप्रबन्धक विष्णु प्रसाद अधिकारी लगायत दुबै संस्थाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस