aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये कसको नाफा कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ बैशाख २०७६
वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये कसको नाफा कति ?

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये ६ वटा कम्पनीहरुले आफनो तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । अन्य कम्पनीहरुले भने प्रकाशित गर्ने क्रममै रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा अधिकांश बैंकहरुको वित्तीय विवरणहरु राम्रो देखिएको छ ।  सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, माछापुच्छे बैंक र सानिमा बैंकले तेस्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक भएकामध्येमा सबैभन्दा बढी चुक्ता पुँजी सिद्धार्थको ८ अर्ब ८८ करोड  ७६ लाख रुपैयाँ रहेको छ । जसले यस त्रैमासमा १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

सबैभन्दा कम चुक्ता पुँजी ८ अर्ब १२ लाख रुपैयाँ सानिमा बैंकको रहेको छ । जसले १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

 यस तेस्रो त्रैमासमा खुद मुनाफा सबैभन्दा बढी कमाउनेमा  एभरेष्ट बैंक रहेको छ । जसले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकले १८ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको छ ।

६ वटा बाणिज्य बैंकमध्ये कम नाफा कमाउने सिटिजन्स बैंक रहेको छ । जसले १ अर्ब ६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षका तुलनामा ५ दशमलव ९१ प्रतिशतले वृद्धि गरेको छ ।

 अघिल्लो वर्षको तुलनामा माछापुच्छे« बैंक पनि बढाउन सफल भएको छ ।  ४५ दशमलव २९ प्रतिशतले नाफा वृद्धि गरी १ अर्ब २४ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै सानिमा बैंकले ३० दशमलव ७६ प्रतिशतले नाफा वृद्धि गरि १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ कमाएको छ ।

प्रतिक्रिया दिनुहोस