
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक लिमिटेडले गत वर्षकै अनुपातमा यो वर्ष पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ३२ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. ६ करोड ४३ लाख ४० हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारितका लागि पुस २० गते १०औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । गत वर्ष पनि यस कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष नगद लाभांशमा जोड दिएको कम्पनीले गत वर्ष भने ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस