
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जसमध्ये १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ । यो प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । यस आधारमा गत वर्ष भन्दा यस वर्ष लाभांशदर केही घटेको छ ।
प्रतिक्रिया दिनुहोस