aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सानिमा बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
सानिमा बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार बैंकको प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिनको शेयरमूल्य २७१ दशमलव ९० को आधारमा बोनस शेयरपछिको मूल्य  २४७ दशमलव १८ कायम गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३ गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको उक्त साधारणसभा आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस