
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको साताैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सोमबार बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएको हो ।
सो सभाले कम्पनीको आव २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स,चार्टर्ड एकाउण्टेन्टलाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
प्रतिक्रिया दिनुहोस