aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कुमारी बैंकले १०% बोनस सेयर दिने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
कुमारी बैंकले १०% बोनस सेयर दिने घोषणा

 

काठमाडौं । कुमारी बैंकले १०% बोनस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०% बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ । 

यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । हाल कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

बोनस वितरणपछि पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ । असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ । 

प्रतिक्रिया दिनुहोस