काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष ०७८/७९ को लागि प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस ७ गते वार्षिक साधारण सभा डाकेको छ। सो सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २१ गते अर्थात भोली एकदिनका लागि बैंकले बुकक्लोज गर्ने भएको छ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस