aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

परिपत्र संशोधन गर्न बैंकर्स संघ राष्ट्र बैंक जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
परिपत्र संशोधन गर्न बैंकर्स संघ राष्ट्र बैंक जाने

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स प्रदान गर्न माग गरेको छ ।

संघको बुधबार बसेको पूर्ण समितिको बैठकले नेपाल स्टक एक्सचेन्जमा प्रक्रिया पुर्याएर निवेदन दिएका सबै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन माग गर्ने निर्णय गरेको छ ।

बैंकहरुले ब्रोकरेज लाइसेन्सका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरिसकेका छन् । आन्तरिक तयारी पूरा भइसकेको अवस्थामा नेप्सेले एकाएक लाइसेन्स दिने प्रक्रिया स्थगन गरेको भन्दै संघले आपत्ति जनाएको छ ।

साथै, संघले नेपाल राष्ट्र बैंकबाट हालै जारी गरिएको परिपत्रमार्फत औसत ब्याजदर अन्तर गणना विधि लगायतका अन्य केही प्रावधानमा गरिएको परिवर्तनले गर्दा बैंकिङ क्षेत्र तथा समस्त अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अवस्था आएको उल्लेख गरेको छ ।

यसले पार्ने नकारात्मक प्रभावका बारेमा नेपाल राष्ट्र बैंकलाई लिखितरुपमा जानकारी गराउने निर्णय पनि संघको बुधबार बसेको बैठकले गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस