
काठमाडौं । प्रदेश १ मा सहकारीमा बचत गर्ने र ऋणलिने बचतकर्ताको आकर्षण बढ्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७८/७९मा यस्तो देखिएको हो ।
उक्त प्रतिवेदनमा भनिएको छ , ‘सहकारी संस्थामा बैंक तथा वित्तीय संस्थाको तुलनामा निक्षेपमा बढी ब्याज पाइने र कर्जा लिने प्रक्रिया छोटो भएकाले बचत गर्न तथा ऋण लिन सर्वसाधारणको आकर्षण बढेको देखिन्छ ।’
प्रदेश नं. १ का १० ठुला बचत तथा ऋण सहकारी संस्थाबाट प्राप्त विवरणको आधारमा गरिएको विश्लेषण गरिएको थियो । जहाँ यस प्रदेशको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थामध्ये ऋण लगानीका आधारमा नमूना छनोट गरिएको हो ।
नेपाल राष्ट्र बै.कका अनुसार प्रदेश १ मा २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी १३.९ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा सहकारी संस्थाको पुँजी २५.९ प्रतिशतले वृद्धि भएको थियो ।
त्यस्तै, २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा सहकारीको कुल बचत १७.८ प्रतिशत र कुल कर्जा २५.५ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा सहकारीको बचत ३४.० प्रतिशत र कर्जा ४३.० प्रतिशतले बढेको थियो ।
यस प्रदेशमा २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा सहकारी संस्थाकोसदस्य संख्या १६.३ प्रतिशत र कर्मचारीे संख्या २६.५ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा सहकारी संस्थाकोसदस्य संख्या १५.८ प्रतिशत र कर्मचारी संख्या १८.५ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस