aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सानिमा बैंकको नयाँ योजनाः १८ जोडीलाई सौराहा भ्रमणको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
सानिमा बैंकको नयाँ योजनाः १८ जोडीलाई सौराहा भ्रमणको अवसर

काठमाडौं । सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ । बैकले मंसिर २१ गते मनाउन लागेको १८ औं वार्षिकोत्सव अवसरमा एफ वान सफ्टसंग सहकार्य गरी मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको हो । 

उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरु २ सय भन्दाबढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ । 

ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् । 

यो योजना मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुने बैंकले जनाएको छ । योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ । 

प्रतिक्रिया दिनुहोस