
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार बैंकको प्रस्तावित ४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिनको शेयरमूल्य २५१ दशमलव ८० को आधारमा बोनस शेयरपछिको मूल्य २४२ दशमलव १२ कायम गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस ७ गते वार्षिक साधारण सभा डाकेको छ। सो सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २१ गते अर्थात भोली एकदिनका लागि बैंकले बुकक्लोज गर्ने भएको छ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस