aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

फेरि कमजोर बन्दै नेपाली रुपैयाँ, बढ्दै विनिमय दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
फेरि कमजोर बन्दै नेपाली रुपैयाँ, बढ्दै विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ४९ पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ ४४ पैसा र बिक्री दर १३९ रूपैयाँ ७ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६२ पैसा र बिक्री दर १६१ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ९० पैसा र बिक्री दर १४० रुपैयाँ ५४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ५९ पैसा र बिक्री दर ८८ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस