
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट कुल १३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर २० गतेको सञ्चालक समितिको बैठकले १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब ६४ करोड ७९ लाख ५० हजार बराबरको नगद लाभांश बैंकले वितरण गर्न लागेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
अघिल्ला दुई आर्थिक वर्ष समान १५ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस